बहुविवाहकाे कसुरमा समातिए डिएसपी

बहुविवाहकाे कसुरमा समातिए डिएसपी

नेपाल प्रहरीका डिएसपी मधु नेपाल पक्राउ परेका छन् । बहुविवाहको कसुरमा उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नियन्त्रणमा लिएको हो । 

हाल पूर्वी-नवलपरासी कार्यरत डिएसपी नेपालविरुद्ध उनकी पत्नीले रुपन्देहीमा जाहेरी दिएको बताइएको छ । सोही जाहेरीको आधारमा जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर उनलाई नियन्त्रणमा लिएको रुपन्देही प्रहरीले जनाएको छ । 

डिएसपी नेपालले एक युवतीसँग बिहे गरेर लुकाएको पत्नीको आरोप छ । आज जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू