सासु–ससुरालाई खुवाइएको विषको फरेन्सिक परिक्षण हुँदै
मोरङको बेलवारी नगरपालिका–२, सिंहदेवी टोलमा सासु–ससुरालाई खानामा बिष खुवाएर हत्या गरेको आरोपमा पक्राउ परेकी बुहारीमाथि प्रहरी अनुसन्धान जारी छ । ३२ वर्षीया सुनीता कार्कीलाई राति पक्राउ गरेपछि इलाका प्रहरी कार्यालय बेलवारीले कर्तव्य ज्यान मुद्दामा हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।
मोरङ प्रहरीका अनुसार खानामा विष मिसाएर खुवाइएपछि ७७ वर्षीया सासु इन्द्रमाया राईको उपचारका क्रममा शनिबार राति मृत्यु भइसकेको छ । ७० वर्षीय ससुरा भक्तबहादुर राईको अवस्था गम्भीर छ ।
शनिबार बिहान बुहारी सुनिताले बृद्ध सासु–ससुरालाई भोजनमा विष मिसाएर खुवाएकी थिइन् । खाना खाएपछि उनीहरू बेहोस भएका थिए भने विष मिसिएको खाना खाएकाले घरका तीनवटा कुखुरा समेत मरेको छ। छिमेकीले घटना देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि दुवैलाई शनिबार नै उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति इन्द्रमायाको मृत्यु भएको हो । खानामा प्रयोग गरिएको विषको फरेन्सिक परीक्षण गरिएको छ ।
टिप्पणीहरू