सुदूरका मुख्यमन्त्रीविरुद्धको रिट खारेज

सुदूरका मुख्यमन्त्रीविरुद्धको रिट खारेज

सुदुरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीविरुद्ध सर्वोच्च अदालतमा दायरको रिट खारेज भएको छ । 

न्यायाधीशहरू प्रकाश कुमार ढुंगाना, कुमार चुडाल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले आज रिट खारेज गरेको हो । मुख्यमन्त्रीमा सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा वैशाख ९ गते रिट दायर भएको  थियो ।

नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलेले गत बैशाख १ गते नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा सरकार गठनका लागि दावी पेश गरेका थिए । तर, बैशाख ४ मा केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरुको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले अर्को दाबी पेश गरे,  र मुख्यमन्त्री नियुक्त भए ।

टिप्पणीहरू