उताको चुनावमा यताको नाका र रेल बन्द

उताको चुनावमा यताको नाका र रेल बन्द

भारतीय लोकसभा निर्वाचनका कारण नेपालका कतिपय नाका र रेल सेवा बन्द गरिएको छ । उत्तर प्रदेशको बहराइच जिल्लामा भोलि हुने मतदानलाई लक्षित गरेर बाँके जिल्लाका विभिन्न सीमा नाका बन्द गरिएको छ । गएराति १२ बजेदेखि भोलि रातिसम्म जमुनाहा नाकालगायत सबै छोटी नाका बन्द गरिएको बताइएको छ ।

त्यस्तै बिहारको मधुवनी जिल्लामा भोलि हुने मतदानलाई ध्यानमा राखेर जनकपुर–जयनगर रेल सेवा पनि बन्द गरिएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक नीरञ्जनकुमार झाका अनुसार एक सूचना भोलिसम्म रेल सेवा पूर्ण रुपमा बन्द छ । पर्सि बिहानदेखि नियमित तालिकाअनुसार रेलसेवा सञ्चालन हुने छ ।

टिप्पणीहरू