टिओआरमा गलफतीले संसद् बैठक धकेलियो
प्रतिनिधिसभाको बैठक दिउँसोका लागि सारिएको छ । बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ ।
संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले विशेष कारण तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सभामुखले २ बजे बस्नेगरी समय निर्धारण गरेको जानकारी गराएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा सहकारी ठगी प्रकरण छानबिन गर्न संसदीय समिति गठन गर्ने सत्ता र प्रतिपक्षबीच हिजै सहमति भएको थियो । तर, समितिको कार्यादेश (टीओआर) मा सहमति नजुटेकाले निर्धारित समयमा सदन बस्न नसकेको हो । दलहरु बीच टीओआरमा सहमति नजुटेसम्म बैठक अघि नबढाउने सहमति छ ।
कानुनमन्त्री पदम गिरी, नेपाली कांग्रेसका सांसद जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेको कार्यदलको बैठक बिहानदेखि कानुन मन्त्रालयमा जारी छ ।
टिप्पणीहरू