काँग्रेसको नाराबाजीबीच विश्वासको मत लिँदै प्रधानमन्त्री

काँग्रेसको नाराबाजीबीच विश्वासको मत लिँदै प्रधानमन्त्री

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्ने प्रक्रिया शुरु भएको छ । 

प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा आफूले अवरोधकाबीच विश्वासको मत लिनुपरेको प्रधानमन्त्रीको भनाई छ । त्यसक्रममा उहाँले संसदमा नेपाली कांग्रेसले देखाइरहेको गतिविधि कंलकको रुपमा स्थापित भएको आरोप लगाउनुभयो । 

'तपाईहरु नेपाली कांग्रेसको लागि अब यो मूल्य धेरै चर्को पर्नेछ', प्रधानमन्त्रीले भन्नुभयो, 'आजको यो तपाईहरुको गतिविधि नेपालको इतिहासमा राम्रैरुपमा स्थापित भएको छ, कलंकको रुपमा ।' 

प्रधानमन्त्री प्रचण्डले नेपालकै जेठो लोकतान्त्रिक पार्टीले संसदमा देखाएको व्यवहार अशोभनीय भएको बताउनुभयो ।

'तपाईहरुले आज बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ । नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईहरुलाई पटक पटक साथ दियो, त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर इतिहासमा नराम्रोमा उदाहरण प्रस्तुत गर्नुभयो । त्यसको लागि गहिरो दु:ख व्यक्त गर्छु म', उहाँले भन्नुभयो।

टिप्पणीहरू