एसबीआई र फोन पेबीच सीमापार भुक्तानी सम्झौता

एसबीआई र फोन पेबीच सीमापार भुक्तानी सम्झौता

नेपाल एसबीआई बैंक र फोन पेबीच नेपाल–भारत सीमापार भुक्तानीलाई सहज बनाउने सम्बन्धमा सम्झौता भएको छ । अबदेखि नेपाल भ्रमणमा आउने भारतीयहरुले अबदेखि उताको युपीआई आवद्ध एपहरु फोनपे, बीएचआईएम युपीआई, गुगल पेबट यता खरिद गरिएका सामान र सेवाको भुक्तानी गर्न सक्ने छन् ।

बैंकले पर्सन टु मर्चेन्ट भुक्तानी च्यानल सञ्चालन गर्न फोन पे प्रा.लिसँग सम्झौता गरेको बताइएको छ । एसबीआई बैंकको फो पे नेटवर्कसँग आवद्ध व्यापारीहरुले नगदको सट्टा युपीआईबाट हुने भुक्तानीबाट सोझै रकम प्राप्त गर्नेछन् ।

यसबाट नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने र ग्राहकहरुलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य राखेको बैंकले जनाएको छ । 

सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा र फोन पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीदिवस कुमारले हस्ताक्षर गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार देव, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख प्रविधि अधिकृत सुनन्द मलहोत्रा, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल र फोन पेका प्रमुख व्यवसाय अधिकृत सुमित दासलगायतको उपस्थितिमा उक्त सम्झौता भएको बैंकले जनाएको छ । 

हाल एसीबीआई बैंकको मुलुकभर ९७ शाखा, २२ एक्सनेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, एउटा कर्पोरेट अफिस, २१२ एटीएम काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

टिप्पणीहरू