माल्दिभियन युवा कुनमिङको टेबलटेनिस प्रशिक्षणमा सामेल

माल्दिभियन युवा कुनमिङको टेबलटेनिस प्रशिक्षणमा सामेल
सुन्नुहोस्

जुन १८ मा, युन्नानको कुनमिङमा माल्दिभ्सका युवाहरूका लागि ‘हार्ट कनेक्टिभिटी – ए ट्रिप टु युन्नान’ विषयक दोस्रो टेबलटेनिस ग्रीष्मकालीन शिविरको आयोजना गरियो । माल्दिभ्सका १७ युवा टेबल टेनिस खेलाडी र प्रशिक्षकले युन्नान प्रान्तीय टेबलटेनिस टोलीसँग मिलेर टेबल टेनिसको प्रशिक्षण दिने छन् । बिहान ८ः३० बजे, युन्नान प्रान्तको कुनमिङस्थित बेइजियाओचाङको खेलकुद प्रशिक्षण केन्द्रमा पत्रकार भ्रमण गर्दा जताततै ‘पिङपङ’ को मिठो र स्पष्ट आवाज आइरहेको थियो । चीन र माल्दिभ्स, दुवै देशका युवा खेलाडीहरूले एकअर्कासँग सीप आदानप्रदान गरिरहेका थिए र १० भन्दा बढी टेबलको वरिपरि प्रशिक्षण प्रदर्शन गरिरहेका थिए । 

९ देखि १७ वर्षसम्मका यी खेलाडीहरू, माल्दिभ्सभरिका स्कुलका टेबल टेनिस टोलीहरूबाट आएका थिए र खुला छनोटमार्फत ग्रीष्मकालीन शिविरमा भाग लिने मौका पाएका थिए । १५ वर्षीया युवती मिन्हा दोस्रो पटक ग्रीष्मकालीन शिविरमा सहभागी भइन् । ‘मैले गत वर्ष यहाँ एक जना चिनियाँ खेलाडीलाई भेटेँ र हामी त्यसबेलादेखि सम्पर्कमा रह्यौँ । टेबलटेनिसले मलाई फराकिलो संसार हेर्न र संसारभरका साथीहरू बनाउने अवसर प्रदान गर्दछ ।’ मिन्हाले उत्साहित हुँदै भनिन् । युन्नानले सन् २०२३ देखि चरणबद्ध रूपमा १३ जना टेबल टेनिस प्रशिक्षकहरूलाई ७० दिनभन्दा बढी समयसम्म प्रशिक्षण मार्गदर्शन गराउन माल्दिभ्स पठाएको छ । युन्नान टेबलटेनिस टोलीका मुख्य प्रशिक्षक हाङ एङ्गुओ तीमध्ये एक हुनुहुन्छ । ‘हामी माल्दिभ्स टोलीलाई एक पूर्ण, वैज्ञानिक र मानकीकृत प्रशिक्षण प्रणाली स्थापना गर्न र प्राविधिक मापदण्डहरूमा व्यवस्थित मार्गदर्शन प्रदान गर्न मद्दत गर्दछौँ ।’ हाङ एङ्गुओले ग्रीष्मकालीन शिविरको अघिल्लो सत्रको तुलनामा, यस सत्रमा उल्लेखनीय रूपमा धेरै सहभागीहरू रहेको प्रस्तुत गर्नुभयो । 

माल्दिभ्स टेबलटेनिस संघका प्रशिक्षक नासिदले पनि ग्रीष्मकालीन शिविरमा समूहसँगै भाग लिनुभएको थियो । यो उहाँको पाँचौँ चीन भ्रमण हो । यसअघि उहाँले माल्दिभ्सका युवा खेलाडीलाई टेबलटेनिसको संयुक्त प्रशिक्षण गतिविधिमा भाग लिन चीनको बेइजिङ, सांघाई, हाङ्झाउमा नेतृत्व गर्नुभएको थियो । उहाँले भन्नुभयोः ‘माल्दिभ्स र चीनको प्रशिक्षण वातावरण फरक छ । यहाँ, प्रशिशिक्षण मैदान अधिक विशाल छ, सुविधा अधिक पूर्ण छन्, र प्रशिक्षण अधिक व्यवस्थित छ । चीनबाट प्रशिक्षक र खेलाडी, दुवैलाई धेरै फाइदा भएको छ ।’

(रिपोर्टर : गुओ याओ)

टिप्पणीहरू