गृहमन्त्री र सचिव बिहानैदेखि पुलिस हेडक्वार्टरमा
गृहमन्त्री रमेश लेखक र सचिव एकनारायण अर्याल प्रहरी मुख्यालय नक्साल पुग्नुभएको छ । उहाँहरु पुगेपछि थालिएको छलफल नेपाल प्रहरी र सशस्त्र प्रहरीको विद्यमान पदावधि र अवकाश उमेर केन्द्रित रहेको बुझिएको छ ।
प्रहरी र सशस्त्रको सेवा निवृत्त तथा पदावधि पुनरावलोकन सम्बन्धी कार्यदलको प्रस्तुतीकरणमा सहसचिव झक्कप्रसाद आचार्यलेले पहिलो धारणा र आवश्यक व्यवस्थाबारे चर्चा गरेको बताइएको छ । त्यस्तै नेपाल प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदाबारे सहसचिव भरतमणि रिजालले प्रस्तुत गर्ने कार्यक्रम छ ।
मन्त्री लेखक र सचिवले ती विषयमा धारणा राखेपछि साढे १० बजे बिहानको खानाको व्यवस्था हेडक्वार्टरमै गरिएको छ ।
टिप्पणीहरू