साँझ परेपछि नयाँ सरकार गठनको निम्ति आह्वान
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनको निम्ति आह्वान गरेका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ ।
साँझ गरिएको आह्वानमा तीन दिनको म्याद दिइएको छ । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यलाई पर्सि बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न भनिएको छ ।
सुदूरपश्चिममा एमालेको समर्थनमा नेपाली काँंग्रेसको नेतृत्वमा सरकार बनाइने सहमति छ । काँग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमन्त्री प्रकाशबहादुर देउवा र प्रदेश सभा सदस्य बहादुरसिंह थापा मुख्यमन्त्रीका आकांक्षी हुन् ।
टिप्पणीहरू