सन् २०२५ पत्रकारका लागि भयावह वर्ष
सन् २०२५ मा अघिल्लो वर्षभन्दा तेब्बर प्रेस स्वतन्त्रता हननका घटना भएको छ । यस वर्ष १३९ वटा प्रेस स्वतन्त्रता हननको घटना भएको नेपाल पत्रकार महासंघको तथ्याङ्क छ । सो घटनाबाट २१८ जना पत्रकार र ३१ वटा सञ्चारगृह प्रभावित भएका छन् ।
सन् २०२४ मा ६० र सन् २०२३ मा ५८ वटा प्रेस स्वतन्त्रता हननको घटना भएको थियो । सन् २०२५ मा दुई पत्रकारको हत्या भएकोमा दुई पत्रकारलाई गिरफ्तार गरिएको छ । त्यसैगरी, कब्जाको १९ वटा घटना घटेको महासंघले जानकारी दिएको छ । सञ्चार गृहमा तोडफोड, आक्रमण र आगजनीको संख्या ४२ रहेको छ ।
पत्रकारमाथि दुर्व्यवहारको ५३ घटना हुँदा १८ वटा पेशागत असुरक्षाको रहेको छ । दुईटा नीतिगत बन्देजको घटना भएको छ । प्रेस स्वतन्त्रता हननको बढ्दो ग्राफले पत्रकारको पेशागत र भौतिक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको देखिएको उल्लेख गर्दै महासंघले सन् २०२५ पत्रकारका लागि भयावह वर्ष भएको जनाएको छ ।
टिप्पणीहरू