धरहराभन्दा अग्ला पुलको खम्बा नियाल्दै प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं–निजगढ फास्टट्र्याक अवलोकनका लागि मकवानपुरको लेनडाँडा पुग्नुभएको छ ।
उहाँ बकैया गाउँपालिका र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङ्गमार्ग खण्डको निरीक्षण र फास्टट्र्याक ब्रेकथ्रु अवलोकनमा नेपाली सेनाको कल साइन एनए ०६७ अगुस्ता हेलिकोप्टरमा बिहान सवा १० बजे ११ सदस्यीय टोलीसहित त्यता प्रस्थान गर्नुभएको हो ।
टोलीमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल,वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी,रक्षामन्त्री मानवीर राई,भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल,प्रधान सेनापति प्रभुराम शर्मालगायत छन् ।
प्रधानमन्त्रीको भ्रमणपछि राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमा ‘केही भएन हैन,केही हुँदैछ ! धरहराभन्दा अग्ला (८१ मी.) पुलसहित फास्ट–ट्रयाक निर्माण हुँदै !!!’ लेखेर फोटो सेयर गर्नुभएको छ ।
टिप्पणीहरू