भूपू आइजिपीलाई हतियार नवीकरण गर्न नाकावन्दी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा नेपाल प्रहरीका भूतपूर्व महानिरीक्षक ध्रुबबहादुर प्रधानले हतियार नवीकरण गर्न नदिएकोमा आपत्ति जनाएका छन् । उनले दुर्गा प्रसाईंको हतियार पक्रेपछि यस्तो अवस्था उत्पन्न भएको आशंकासमेत गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले ३५ वर्षदेखि आफूसँग रहेको हतियार सरकारले नवीकरण गर्न नदिएको उल्लेख गर्दै आपत्ति जनाए । प्रधानले इजाजतप्राप्त हतियारको नवीकरण नगर्ने भए सरकारले ‘सिज’ गर्नुपर्ने बताए । उनले त्यसो गर्दा हतियारधनीको खर्च दिनुपर्ने माग गरेका छन् ।

भने, ‘३५ वर्षदेखि मैले आफ्नै हतियार नवीकरण गरिरहेको अवस्था हो । अहिले प्वाइन्ट टु–ट्वेलबोर राइफल लेखिएको कारणले त्यो हतियार रिन्यु नगर्ने अवस्था आयो । या त सरकारले राख्न नपाइने हो भने सिज गरेर लिए हुन्छ । त्यसको परल मूल्य फिर्ता गरिदिए हुन्छ ।’

टिप्पणीहरू