काँग्रेसका तीन दर्जन बढी विभागीय प्रमुख तोकिए
नेपाली काँग्रेसले तीन दर्जन बढी केन्द्रीय विभागको प्रमुख तोकेको छ । सभापति शेरबहादुर देउवाले पार्टीको विधान,२०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यलाई विभिन्न ३७ वटा विभागको प्रमुखमा मनोनयन गर्नुभएको हो ।
जसअनुसार राज्य प्रशासन विभाग प्रमुखमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभाग प्रमुख मधु आचार्य, अभिलेख, अनुगमन तथा मूल्यांकन विभाग प्रमुख मानबहादुर विश्वकर्मा, संघीय मामिला समन्वय विभाग प्रमुख चन्द्रबहादुर केसी, संसदीय विभाग प्रमुख गोविन्द्रबहादुर शाह तोकिएका छन् ।
त्यस्तै, कानून विभागमा मानबहादुर नेपाली, विद्यार्थी विभागमा राजीव ढुंगाना, पेशागत तथा बुद्धिजीवी विभागमा डा.डिला संग्रौला, शिक्षा विभागमा नैनसिंह महर, स्वास्थ्य विभागमा डा.चन्द्रमोहन यादव, निर्माण व्यवसाय समन्वय विभागमा मदनबहादुर अमात्यलाई प्रमुखमा मनोनयन गरिएको छ ।
शिवप्रसाद हुमागाँईले सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग, उमेश श्रेष्ठले कृषि तथा किसान विभाग, उमेशजंग रायमाझीले खेलकुद विभाग, तारामान गुरुङले प्राकृतिक स्रोत विभाग, विद्यादेवी तिमल्सिनाले साहित्य, कला तथा संस्कृति विभाग र लक्ष्मी परियारले दलित समुदाय समन्वय र सशक्ति विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
यस्तै, द्धन्द्ध व्यवस्थापन तथा मेलमिलाप विभाग प्रमुख कृष्णकिशोर घिमिरे, मुस्लिम विभाग मैकुलाल बाल्मिकी, वित्तिय संस्था समन्वय विभाग प्रमुख कर्णबहादुर बुढा, विज्ञान तथा सूचना प्रविधि विभाग प्रमुख सुशीला मिश्र भट्ट, भूपू सैनिक विभाग प्रमुख महेन्द्रकुमारी लिम्बु, आर्थिक नीति तथा योजना विभाग प्रमुख प्राडा गोविन्दराज पोखरेल तोकिएका छन् ।
अब्दुल सत्तार शुभेच्छुक संस्था समन्वय विभाग, हरिशरण नेपाली श्रमिक तथा ट्रेड युनियन विभाग, नृपबहादुर वड भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वय विभाग, धना खतिवडा मानव अधिकार विभाग, कल्याणकुमार गुरुङ वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग, अनिलकुमार रुंगटा ऊर्जा तथा जलस्रोत विभाग प्रमुखमा मनोनयन भएका छन् ।
यता, डा.जीवन रानाले बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग, लक्ष्मी खतिवडाले नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग, गंगालक्ष्मी अवालले व्यवसायिक सिप विकास विभाग, डा.गोपाल दहितले विपन्न उत्थान समन्वय विभाग, अर्जुनप्रसाद जोशीले सामाजिक संघसंस्था समन्वय विभाग, अजयबाबु शिवाकोटीले पुस्तकालय तथा पाटी अध्ययन–स्रोत केन्द्र विभाग, ध्यानगोविन्द रञ्जितले धर्म–संस्कृति समन्वय विभाग र दिनेश कोइरालाले पूर्व आप्रवासी समन्वय विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
टिप्पणीहरू