बादशाह मन्त्री बनेकोमा विरोध

बादशाह मन्त्री बनेकोमा विरोध

बाँकेकी निर्मला कुर्मीको हत्याको मुख्य अभियुक्तलाई मन्त्री बनाइएको भन्दै अधिकारकर्मीहरु विरोधमा उत्रिएका छन् । 

पाँचौं चरणको आन्दोलनको तेस्रो दिन आज पनि उनीहरुले धर्नालाई निरन्तरता दिएका हुन् । कंलकीबाट पैदलयात्रा गरेका उनीहरुले माइतीघर मण्डलामा धर्ना दिए । 

निर्मलाको मुद्दा अदालत पठाउन सरकारसँग पटक-पटक भएको सहमति लत्याएर सत्ताधारी पार्टीले मुख्य अभियुक्तलाई प्रदेशमन्त्री बनाई संरक्षण गरेको उनीहरुको आरोप छ । महिलाको मुद्दामा सरकार चरम असंवेदनशील देखिएको गुनासो गर्दै उनीहरुले ‘निर्मला कुर्मीको हत्या मुद्दा तत्काल अदालत पुर्याउनुपर्ने’,‘आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने’,‘बादशाह कुर्मीलाई तत्काल मन्त्री पदबाट हटाउनुपर्ने’,लगायतका माग राखेका छन् । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गत साउन ९ गते बादशाह कुर्मीलाई वन तथा वातावरणमन्त्रीमा नियुक्त गरेका थिए । जबकी २०७८ मा सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा निर्मला अपहरण तथा बेपत्ता प्रकरणमा कांग्रेस नेतासमेत रहेका बादशाहको भूमिका शंकास्पद देखिएको उल्लेख छ ।
 

टिप्पणीहरू