काँग्रेस सभापतिको जवाफ : किन शंका गर्या ?

काँग्रेस सभापतिको जवाफ : किन शंका गर्या ?
सुन्नुहोस्

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने बताउनुभएको छ । केन्द्रीय कार्य सम्पादनको बैठकमा पदाधिकारीले तोकिएको समयभित्रै महाधिवेशन हुनेमा आशंका गरेपछि सभापति देउवाले विश्वास दिलाउँदै आशंका नगर्न आग्रह गर्नुभएको बताइएको छ ।

शेखर कोइरालाले सम्बोधनको क्रममा सभापति देउवा लक्षित महाधिवेशनको प्रसंग निकालेपछि उक्त जवाफ दिइएको हो ।  ‘१४औँ महाधिवेशनदेखि थाँती रहेका क्रियाशील सदस्यता लगायतका समस्याहरू तत्काल समाधान गरी २०८२ मंसिरमा १५औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस्’, नेता कोइरालाको भनाई छ, ‘यो वा त्यो बहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले काँग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ ।’

यत्तिकैमा सभापति देउवाले बसिरहेकै कुर्सीबाट कोइरालालाई रोक्नुभयो । र भन्नुभयो, ‘किन शंका गर्या ? सार्ने कुरै छैन । भनेकै समयमा हुन्छ ।’

नेता कोइराल र सभापति देउवाको सवालजवाफले एकछिन माहौल हाँसोले गुञ्जिएको थियो ।
 

टिप्पणीहरू