माओवादी नेताहरुको पेरिस डाँडामा धारणा राख्ने क्रम जारी

माओवादी नेताहरुको पेरिस डाँडामा धारणा राख्ने क्रम जारी
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रको हिजोदेखि शुरु भएको स्थायी कमिटीको दोस्रो दिनको बैठक बिहान ११ बजे बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा राखिएको बैठकमा आज पनि नेताहरुले धारणा राख्ने बताइएको छ ।

हिजो धारणा राखेका १४ जना नेता अधिकांशले शान्ति प्रक्रियापछि पार्टी सत्ताकेन्द्रित भएकाले अब पार्टी पुनर्जागरण गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले नेतृत्व प्रणाली, विचार र संगठन संरचनामा परिवर्तन गर्नुपर्ने विचार राखेका हुन् 

४७ सदस्यीय स्थायी कमिटी सदस्यमध्ये बाँकी सदस्यले आज र भोलिको बैठकमा धारणा राख्दैछन् । त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफसहित आफ्नो धारणा राख्ने बताइएको छ ।

टिप्पणीहरू