व्यापारीलाई खुशी पार्न ‘समाजवाद’ हटाउनैपर्ने काँग्रेस बैठकमा प्रस्ताव

व्यापारीलाई खुशी पार्न ‘समाजवाद’ हटाउनैपर्ने काँग्रेस बैठकमा प्रस्ताव
सुन्नुहोस्

नेपाली काँग्रेसको व्यवहारमा जे भएपनि मूल आदर्शका रुपमा रहेको समाजवाद शब्द हटाउनुपर्ने माग औपचारिक रुपमा उठाइएको छ । पार्टी मुख्यालय, सानेपामा भइरहेको केन्द्रीय समिति बैठकमा संसदीय दलका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य श्याम घिमिरेले ‘समाजवाद’ शब्द हटाउनुपर्ने प्रस्ताव गरेका छन् ।

उनले कम्युनिष्ट र काँग्रेसबीच भिन्नता देखाउन ‘समाजवाद’ शब्दलाई पार्टीको सिद्धान्तबाट हटाउनुपर्ने बताएका छन् । नेपाली काँग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्श मान्दै आएको छ । तर व्यवहारमा उदार अर्थतन्त्र र विश्वबजारीकरणलाई अंगीकार गरेकाले घिमिरले उक्त माग गरेका हुन् । 

घिमिरेले व्यावसायीहरुको मनोबल बढाउन पनि काँग्रेसले समाजवादलाई अघि सार्न नहुने तर्क गरेका छन् । आजको बैठकमा विवादास्पद व्यवसायी तथा केन्द्रीय सदस्य एवम् सांसद विनोद चौधरीले पनि घिमिरेको भाषा मिल्दो धारणा राखेका छन् ।
 

टिप्पणीहरू