जीतपुर सिमरामा जनप्रतिनिधिबीच नै भिडन्त
बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिबीच भिडन्त भएको छ । शिक्षक सरुवाको विषयलाई लिएर जनप्रतिनिधिबीच हातापाई भएको हो । मेयर राजन पौडेल र वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठबीच कुटाकुट भएको स्रोतले बतायो ।
मेयर पौडेलले रजिष्टर खोस्न खोज्दा त्यहाँ बवण्डर मच्चिएको हो । उनीहरुबीच कुटाकुट भएको भिडियो नै सार्वजनिक भएको छ । विद्यालयका शिक्षकलाई पाँच वर्ष नपुगिकन सरुवा गर्न नपाउने व्यवस्था छ । तर,मेयरले तीन महिना अगाडि आफूखुशी शिक्षक सरुवा गरेका थिए ।
आठ महिनामै शिक्षक सरुवा गरेको विषयमा विवाद भइरहेको थियो । यता, वडाध्यक्षले आफूहरुलाई जानकारी नगराईकन सरुवा गरेको भन्दै आपत्ति जनाइरहेका थिए । सोही विषयलाई लिएर आज विद्यालयमा रडाको मच्चियो ।
विवाद भइरहँदा शिक्षिका आज हाजिरी गर्न विद्यालय पुगिन् । २ नम्बर वडाका वडाध्यक्षले उनलाई हाजिर हुन नदिने र आफ्नो विद्यालयबाट सरुवा भएका शिक्षकलाई पनि रमाना नदिने बताए । हाजिर गर्न पुगेकी शिक्षिकालाई त्यतिकै फर्काइएपछि विवाद चर्किएको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार उपमहानगरले वडा नम्बर ७ स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सीता अधिकारीको सरुवा वडा नम्बर २ स्थित नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयमा गरेको थियो ।
उक्त विषयलाई लिएर विवाद भइरहँदा शिक्षिका आज हाजिरी गर्न विद्यालय पुगिन् । २ नम्बर वडाका वडाध्यक्षले उनलाई हाजिर हुन नदिने र आफ्नो विद्यालयबाट सरुवा भएका शिक्षकलाई पनि रमाना नदिने बताए । हाजिर गर्न पुगेकी शिक्षिकालाई त्यतिकै फर्काइएपछि विवाद चर्किएको स्रोतको भनाइ छ ।
वडाध्यक्षले हाजिर हुन नदिने भनेपछि मेयर स्वयम् विद्यालय पुगेका थिए । उनले जबरजस्ती हाजिर गराउन खोजे । विवादले उग्र रुप लिएपछि प्रहरी पनि त्यहाँ पुगेको थियो ।
टिप्पणीहरू