बेलायती राजदूत संक्रमणकालीन न्यायबारे जानकारी लिँदै

बेलायती राजदूत संक्रमणकालीन न्यायबारे जानकारी लिँदै

नेपालका लागि बेलायती राजदूत रोब फेन हिजो विभिन्न भेटघाटमा व्यस्त हुनुभयो । उहाँले गृहमन्त्री रमेश लेखक र भूतपूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो । 

मन्त्री लेखकसँग भेटघाट गर्न राजदूत फेन बिहान साढे १० बजे गृह मन्त्रालय पुगेर झण्डै आधा घण्टाको कुराकानीपछि बाहिरिनुभएको बताइन्छ । 

हिजै उहाँ ललितपुरको खुमलटारस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास पुग्नुभयो । सो अवसरमा नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगोमा पुर्याउन लागेकोमा खुशी व्यक्त गर्दै शान्ति प्रक्रियाको पूर्णताका लागि बेलायत सरकार सहयोग गर्न तयार रहेको जानकारी राजदूतले दिएको अध्यक्षको सचिवालयले जनाएको छ । 

भेटमा अध्यक्ष प्रचण्डले गोर्खाजहरुको मागप्रति बेलायतले सम्बोधन गर्ने आशा राख्नुभएको थियो । राजदूतले बेलायतीहरुको रुची नेपाली उत्पादनमा रहेको जानकारी दिनुभयो ।

टिप्पणीहरू