हिजो कुरो, आज फ्याट्टै चार वटा हेलिकोप्टर र स्काइट्रक

हिजो कुरो, आज फ्याट्टै चार वटा हेलिकोप्टर र स्काइट्रक
सुन्नुहोस्

परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले नेपाललाई दुई वटा स्काइ ट्रक र दुई वटा हेलिकोप्टर उपहार दिन लागेकोमा अमेरिकालाई धन्यवाद भन्नुभएको छ । सामाजिक सञ्जाल एक्समा लेख्दै उहाँले नेपाली सेनालाई विपद् व्यवस्थापनमा प्रयोग गर्न अमेरिकाले दुई वटा स्काइट्रक र दुई वटा हेलिकोप्टर उपहार दिन लागेको उल्लेख गर्नुभएको हो । 

केही घण्टाको लागि हिजो बिहान काठमाडौं आएका अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माले मन्त्री राणासँगको भेटमा नेपाली सेनाले खरिद गर्ने हेलिकोप्टरका लागि अमेरिका सहयोग गर्न तयार रहेको जानकारी दिएका थिए । वर्माको भ्रमणलगत्तै विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने यसबारे अमेरिकी कँग्रेसमा समीक्षा भइरहेको उल्लेख छ । अमेरिकाले विदेशी सैन्य वित्त कोषबाट हेलिकोप्टर खरिदमा १० करोड डलर उपलब्ध गराउनसक्ने आकलन छ । 

हिजै अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत् उपविदेशमन्त्रीको नेपाल भ्रमण सफल रहेको जनाए पनि ठ्याक्कै यतिवटा हेलिकोप्टर र स्काइट्रक उपहारस्वरुप उपलब्ध गराउनेबारे केही उल्लेख छैन ।

टिप्पणीहरू