पाँच दिन दिल्ली बस्दा जम्मा एक दिन भेट

पाँच दिन दिल्ली बस्दा जम्मा एक दिन भेट
सुन्नुहोस्

पराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आजदेखि भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । समकक्षी डा. एस जयशंकरको निमन्त्रणामा राणा पाँच दिने भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँ बिहिबार फर्कने तालिका छ । परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भने पाँच दिन दिल्ली बस्दा जम्माजम्मी एक जनासँग भेटवार्ता गर्ने उल्लेख छ । 

गत साता दुई दिने भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपतिदेखि आफ्ना नेपाली समकक्षीसम्म गरेर झण्डै एक दर्जनसँग औपचारिक भेट गरेका थिए । एजेण्डाबिना काठमाडौं आएका भनिएका मिस्रीले विदेशमन्त्री जयशंकरको  निम्तो मन्त्री राणालाई हस्तान्तरण गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उल्टै प्रधानमन्त्रीले उताका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो सुनाइदिन आग्रह गर्नुभएको थियो ।

"उहाँ बिहिबार फर्कने तालिका छ । परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भने पाँच दिन दिल्ली बस्दा जम्माजम्मी एक जनासँग भेटवार्ता गर्ने उल्लेख छ ।

मन्त्रालयका एक जना सचिवले यताका राष्ट्रपति,प्रधानमन्त्री, उपप्रधानमन्त्रीद्वय, नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुसँग घर घरमा पुगेर भेटे भने सिंहदरबारमा परराष्ट्रमन्त्री राणा र गृहमन्त्री रमेश लेखकसँग पनि कुरा गरे । 

उनले नेपाली समकक्षी सेवा लम्सालसँग औपचारिक छलफल गरेका थिए । पदीय हिसाबले उनीसँग लम्साल र मन्त्रालयको नाताले मन्त्री राणाले बाहेक अरुले भेट गर्नु जरुरी थियो ? तर, यताका मन्त्रीले आगामी पाँच दिनमा न प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छ,न अरु कुनै मन्त्रीसँग ।

टिप्पणीहरू