माओवादीको परामर्श बैठक शुरु, प्रचण्ड पनि सहभागी
नेकपा माओवादी केन्द्रको बागमती प्रदेश परामर्श समितिको संयुक्त बैठक शुरु भएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा आजदेखि शुरु भएको बैठक भोलिसम्म चल्नेछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपमहासचिवसम्मका केन्द्रीय पदाधिकारी, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको छ ।
माओवादी केन्द्रले केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअघि तयारी स्वरूप सातै प्रदेशमा परामर्श समितिको बैठक राख्दैछ । गत साता सम्पन्न स्थायी कमिटी बैठकको गरेको निर्णयअनुसार आज बागमती प्रदेशमा बैठक बसेको हो ।
त्यस्तै, उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशको बैठक भदौ ७ र ८ गते बस्नेछ भने गण्डकीको भदौ ९ र १० गतेका लागि तोकिएको छ । सुदूरपश्चिम प्रदेशको भदौ १२ र १३ गते तथा कर्णालीकोको १४ र १५ गते बस्नेछ ।
लुम्बिनी प्रदेशको बैठक भदौ १६ र १७ गते, केन्द्रीय आयोगको १८ र १९ गते तथा मधेस प्रदेशको २२ र २३ गते बस्नेगरी मिति निर्धारण गरिएको छ ।
टिप्पणीहरू