सचिवालयको एजेण्डा बनाउन एमालेको कार्यालय बैठक
सत्तारुढ नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठक बसेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा मध्याह्न १२ बजेबाट शुरु भएको बैठक अहिले जारी छ ।
कार्यालय बैठकले आगामी सचिवालय बैठकका लागि एजेण्डा तय गर्ने बताइएको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा उपमहासचिवहरु प्रदिप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिव गोकर्ण विष्टलगायत उपस्थित छन् ।
टिप्पणीहरू