माइतीघरमा आमूल परिवर्तनको नाराबाजी
आमूल परिवर्तन नागरिक पार्टीले धार्मिक स्थलमाथि आक्रमणविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । केही समययता मुलुकमा विभिन्न स्थानमा धार्मिक स्थल चर्चमाथि आक्रमण, तोडफोड र तालाबन्दी गर्ने क्रम बढेको भन्दै पार्टीले सोविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
पार्टीले दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने जनाएको छ । ‘पछिल्लो समय मुलुकका विभिन्न स्थानमा सुनियोजित ढंगले केही अतिवादी सम्प्रदायिक समूहको उक्साहमा पवित्र धार्मिक स्थल चर्चमाथि आक्रमण, तोडफोड र तालाबन्दीका खबर आइरहेका छन्,’ हिजो जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले दलित शिल्पी समुदायमाथि चरम जातीय विभेद, हिंसा र हत्या बढिरहेको जनाउँदै राज्यसत्तालाई खबरदारी गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन खबरदारी कोणसभा आयोजना गर्न लागिएको जनाएको छ ।
टिप्पणीहरू