जनताले नेतालाई किक हान्ने कुरा

जनताले नेतालाई किक हान्ने कुरा
सुन्नुहोस्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले अब जनताको असली किक् भेट्ने बताउनु भएको छ । 

ओलीले हिजो पार्टी पोलिटब्युरो बैठकमा समाजवादी मोर्चाको प्रसंग निकाल्दै भन्नुभएको थियो, ‘प्रचण्डले छुरा तिखारेर बसेका थिए,तर मैले एक राउण्ड किक् दिएँ।’

तर पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले आज त्यसको जवाफ दिनुभएको छ, ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ,तिनले (प्रधानमन्त्री ओलीले) देख्नेछन्।’

पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित शहिदद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृति कार्यक्रममा यस्तो जवाफ दिनुभएको हो । 

अध्यक्ष प्रचण्डले संख्याको उन्मादमा सत्तारुढ दलका नेताहरुले संविधान विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ती पनि जनाउनुभयो । साथै उहाँले त्यस्ता नेताहरुको भण्डाफोर गर्न कार्यकर्तालाई दिर्नेशन दिनुभयो ।  

‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ, त्यसमा सबै दलहरुले हस्ताक्षर गरेका छन्’, उहाँले भन्नुभयो, ‘तर अहिले कतिपय सत्तारुढ दलका नेताले जनयुद्धलाई हिंसा हत्या,आतंक थियो भन्ने दुस्साहस गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्छ।’

प्रचण्डले संविधानको यर्थाथतालाई जनतामा पुर्याउन अझै बाँकी रहेको महशुस पनि व्यक्त गर्नुभयो । भन्नुभयो, ‘संविधानमा भएको यथार्थलाई जोडदाररुपमा जनतामा लैजानुपर्छ।’

टिप्पणीहरू