ईश्वर पोख्रेलको पोजिशन रामेश्वर फुयाँलभन्दा मुन्तिर
एमालेले जिल्लाको चुनावी अभियान तथा पार्टी काम संयोजनको जिम्मेवारी तय गरेको छ । सो अनुसार काठमाडौमा रामेश्वर फुँयाललाई संयोजक बनाइएको छ । फुयाँलमुनी अध्यक्ष पदमा केपी शर्मा ओलीसंग चुनाव लडेका ईश्वर पोख्रेललाई राखिएका छन् ।
फुयाँल संयोजक रहेको सो अभियानमा केन्द्रीय सदस्य डा. अजयक्रान्ति शाक्य,अमन मास्के,आनन्द पोखरेल,ईश्वर पोखरेल,कृष्णगोपाल श्रेष्ठ,गणेश दुलाल, बिन्दु महर्जन,बिनाकुमारी श्रेष्ठ,रत्ना गुरुङ,रमेश बडाल,विनोद श्रेष्ठ, डा.वीरेन्द्रराज शर्मा पोखरेल,सीता लामा,सुजिता शाक्य र निता डंगोलको नाम छ ।
अध्यक्षमा ओली हारेको भए यसरी आफू भन्दा कनिष्ट कार्यकर्तामुनि राख्दा मान्थे होलान् भन्ने चर्चा एमाले बृत्तमा छ ।
विगतमा ओलीले एमालेकै अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा बालुवाटारको गेटको ढोका ढिला खुल्दा बालुवाटार बहिस्कार गरेका थिए भने खनालको राजीनामा पनि मागेका थिए ।
आठौँ महाधिवेशनमा वामदेव गौतमलाई अध्यक्ष झलनाथ र माधव नेपाल भन्दा पछि राखिएपछि तेस्रो वरियता भन्दै विरोध गरेका थिए । पछि वामदेवले नै पार्टी एकता बलियो बनाउन भन्दै आफै चौथो वरियतामा जान तयार भए ।

टिप्पणीहरू