प्रधानमन्त्रीको अमेरिका भ्रमण र ७० लाख सँगसँगै
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी अमेरिका भ्रमण तय भएको छ । आज साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भ्रमण स्वीकृत गरेको छ ।
प्रधानमन्त्री संयुक्त राष्ट्र संघको महासभामा भाग लिन नेपाली टोलीको नेतृत्व गर्दै न्यूयोर्क जानुहुनेछ । टोलीमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सरकारी अधिकारीहरु हुनेछन् ।
मन्त्रिपरिषद् बैठकले पेरिस पाराओलम्पिक पदक विजेता पलेशा गोवद्र्धनलाई प्रदान गरिने ६५ लाख रुपैयाँसँगै प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख दिने निर्णयसमेत गरेको बताइएको छ ।
टिप्पणीहरू