बामदेवबिरुद्ध विद्यार्थीको नाराबाजी

बामदेवबिरुद्ध विद्यार्थीको नाराबाजी
सुन्नुहोस्

४५ प्रतिशत प्रतिनिधिको बहिष्कारका बीच नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी रुपन्देहीको नयाँ नेतृत्व चयन भएको छ । टिकाराम आचार्यको अध्यक्षतामा आएको ४१ सदस्यीय नयाँ नेतृत्वमा उपाध्यक्षका लागि मात्रै निर्वाचन भएको थियो । १८५ प्रतिनिधि रहेको २३औं जिल्ला अधिवेशनको निर्वाचनमा ९९ मत खसेको थियो । 

नयाँ नेतृत्वमा पार्टीका जिल्ला इन्चार्ज बामदेव क्षेत्रीले आफू निकट विद्यार्थीलाई ल्याउन खोजेपछि ८६ प्रतिनिधिले नाराबाजी गर्दै बहिष्कार गरेका थिए । उनीहरुले ईन्चार्ज क्षेत्रीबिरुद्ध नाराबाजी गरेका थिए । निवर्तमान उपाध्यक्ष प्रख्यात बन्जाडेले भने – ‘पार्टी ईन्चार्जले गरेको हस्तक्षेप र र गुटबन्दीका कारण अधिवेशन र निर्वाचन प्रकृयामा बसिरहन सकेनौं,त्यसैले उम्मेदवारीसमेत फिर्ता लिएर बहिष्कार गरेका हौं ।’ उनका अनुसार साविक जिल्ला कमिटीका प्रायः सबैले बहिष्कार गरेका छन् । बन्जाडेले घोषित जिल्ला कमिटी अबैधानिक भएको समेत दावी गरे । 

१८ गतेदेखि शुरु भएको अधिवेशन ईन्चार्ज क्षेत्रीले आफू निकटलाई नेतृत्वमा ल्याउनका लागि १९ गते निर्वाचन सारेको र गुटगत राजनीति गरेको आरोप बिद्यार्थीले लगाएका छन् । ईन्चार्ज क्षेत्रीले भने दुई चार जना बिद्यार्थीले बहिष्कार गर्दैमा अधिवेशनका प्रकृया रोक्न नहुने भएकाले नयाँ नेतृत्व चयन भएको दावी गरे ।

टिप्पणीहरू