पलेशालाई नगदसहित सरकारी सम्मान

पलेशालाई नगदसहित सरकारी सम्मान
सुन्नुहोस्

पेरिस पारालिम्पिक्स २०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनलाई सरकारले ६५ लाख नगदसहित सम्मान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पलेशालाई प्रधानमन्त्री निवास बालुवाटारमा नगदसहित सम्मान गर्नुभएको छ । 

सो अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई नगद ५ लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई २ लाख ९२ हजार प्रदान गरिएको छ ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल÷ग्रीष्मकालीन÷शीतकालीन÷पारा÷विशेष तथा विश्वकप फुटबलमा कास्य पदक विजेता खेलाडीलाई ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने व्यवस्था छ । सोही अनुसार भदौ २० गतेको क्याबिनेट निर्णयानुसार पलेशा र उनका प्रशिक्षक तथा टिम व्यवस्थापकलाई आज नगद पुरस्कार उपलब्ध गराइएको हो ।

टिप्पणीहरू