दलहरुको अडानबीच सभामुखको कार्यकक्षमा बैठक

दलहरुको अडानबीच सभामुखको कार्यकक्षमा बैठक
सुन्नुहोस्

सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्न लाग्नुभएको छ । उहाँले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकलाई छलफलका लागि बोलाउनुभएको छ ।

बिहान ११ बजे सिंहदरबारस्थित उहाँको कार्यकक्षमा छलफल राखिएको बताइएको छ । यसअघि बुधबारको प्रतिनिधिसभा बैठक माओवादी सांसदहरुका कारण अवरुद्ध भएपछि आजसम्म स्थगित गरिएको थियो । एमालेका सांसद योगेश भट्टराईले भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउनुपर्ने माओवादीको माग छ । 

उक्त माग पूरा नभएसम्म बैठक अवरुद्ध हुने माओवादीको चेतावनी छ । त्यसबारे छलफल गर्न उहाँले दलका प्रमुख सचेतक/सचेतकलाई छलफलका लागि बोलाउनुभएको हो ।

टिप्पणीहरू