कहाँको गिरिबन्धु, कहाँको लोकबन्धु

कहाँको गिरिबन्धु, कहाँको लोकबन्धु

भाषण भ्रष्टाचारविरोधी गरे पनि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गिरिबन्धु टि इस्टेटको जग्गा प्रकरणमा सरेण्डर गरेको भनी आलोचित वामपन्थी नेता लोकबन्धु कन्दङ्वालाई रातो कार्पेट ओछ्याएर स्वागत गरेका छन् । कन्दङ्वाले गिरिबन्धुको ५१ बिघा जमिन राज्यको हुनुपर्छ भन्दै मुद्दा हालेका थिए ।

सर्वोच्च अदालतसम्म मुद्दा पुगेपछि उनले उक्त मुद्दा मिलापत्रमा टुङ्ग्याएको आरोप लाग्दै आएको छ । यसनिम्ति नेकपा (माले)का नेता सिपी मैनालीका भाइ मीनप्रकाश र विष्णु राईलगायतको अफर स्वीकारेको दावी स्रोतको छ । वादीपक्ष आफैँले मुद्दा फिर्ता लिने भएपछि गिरिबन्धुको जमिन बेच्न सहज भएको चर्चा चलेको थियो ।

विडम्वना नै भन्नु पर्छ, प्रचण्डले गिरिबन्धुको जग्गा प्रकरणकै कारण तस्करहरू मिलेर आफ्नो सरकार ढालेको, सत्ता गुमाउनु परेको दाबी गर्न छाडेका छैनन् । त्यसै प्रकरणमा मुछिएका कन्दङ्वालाई माओवादी केन्द्रमा प्रवेश गराएपछि झापालीहरू छक्क परेका हुन् ।

उनी २०३५/३६ सालतिर एमाले अखिलका केन्द्रीय नेता थिए । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा पनि रहे । पछिल्लो समय राजनीतिमा निष्क्रिय देखिएका उनीसहित केही भर्खरै माओवादीमा प्रवेश गरेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू