विनोद चौधरीका "भगौडा राष्ट्रपति" पाहुना नयाँ दिल्लीतिर

विनोद चौधरीका "भगौडा राष्ट्रपति" पाहुना नयाँ दिल्लीतिर

चर्को जनान्दोलनको रापतापवीच सत्ता छाडेर भागेका श्रीलंकन पूर्व राष्ट्रपति गोटाबाय राजपाक्षे नेपाल भ्रमण सकेर भारततर्फ लागेका छन् । उनी आज बेलुकी ५ बजे भिस्तारा एअरको उडानमा नयाँ दिल्ली गएका हुन् ।

श्रीमतीसहित आएका उनी बिहान साढे १० बजे भैरहवाबाट बुद्ध एअरको उडानमा काठमाडौं आइपुगेका थिए । उनीहरुसँगै श्रीलंकन राजदूत सुदर्शना कारागोदा पथिरना पनि फर्केको बताइन्छ ।

राजधानी कोलम्बोमा नवनिर्वाचित वामपन्थी राष्ट्रपतिले शपथ लिएलगत्तै राजपाक्षे गत सोमबार काठमाडौं आएका थिए । भुटान घुमेर आएका उनको स्वागतमा त्यहीँ बैंक र होटल व्यवसायमार्फत् व्यापारिक साम्राज्य फैलाएका नेपाली व्यापारी विनोद चौधरी अहोरात्र खटिएको देखिन्थ्यो ।

राजपक्षेको कार्यकालमा चौधरीमाथि गैरकानुनी ढंगले कैयन व्यवसायमा लगानी गरेको,नाजायज फाइदा उठाएको आरोप श्रीलंकाली व्यवसायीहरुले लगाउँदै आएका छन् । असोज १ गते राति सिंगापुर गएका चौधरी राजपाक्षेको स्वागतकै लागि भनेर असोज ६ गते काठमाडौं फर्केका थिए ।

उनीहरु विमानस्थलबाट सोझै ललितपुरको झम्सिखेलस्थित होटल भिभान्ता गएर बसेका थिए । विनोद चौधरीको उक्त होटलमा बसेका उनीहरुको बास भरतपुर गएर पनि चौधरीकै होटलमा भएको बताइन्छ । तीन दिन चितवन बसेर उनीहरु पोखरा र लुम्बिनी पुगेका थिए ।

राजपाक्षे दुई वर्षअघि मुलुक छाडेर सैनिक विमानमा छिमेकी माल्दिभ्स हुँदै सिंगापुर,थाइल्याण्ड गएका थिए । चरम आर्थिक संकट उत्पन्न भएकाले जनअसन्तोष उर्लेपछि ७५ वर्षे राजपाक्षे श्रीमतीसहित दुईजना सुरक्षा अधिकारी लिएर माल्दिभ्स पुगेका थिए । विदेशबाटै प्रधानमन्त्री रनिल विक्रमेसिंघेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गराए । अहिले उनै राजपाक्षे नेपाल आउनु, चौधरीको होटलमा बस्नु र उनैले आतिथ्य प्रदान गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

चौधरीले श्रीलंकामा पछिल्लो समय केही होटल र बैंकमा लगानी गरेका छन् । राजपक्षेको कार्यकालमा चौधरीमाथि गैरकानुनी ढंगले कैयन व्यवसायमा लगानी गरेको,नाजायज फाइदा उठाएको आरोप श्रीलंकाली व्यवसायीहरुले लगाउँदै आएका छन् । असोज १ गते राति सिंगापुर गएका चौधरी राजपाक्षेको स्वागतकै लागि भनेर असोज ६ गते काठमाडौं फर्केका थिए ।

यो पनि...

१. भगौडा राष्ट्रपतिलाई नेपालमा विनोद चौधरीको रातो कार्पेट

टिप्पणीहरू