प्रधानमन्त्रीको स्वदेश आगमन, साँझ क्याबिनेट बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणपछि स्वदेश फर्कनुभएको छ । उहाँ संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन असोज ४ गते न्युयोर्क जानु भएको थियो । 

केहीबेर अघि काठमाडौँ आइपुग्नुभएका प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत मन्त्री तथा नेता, उच्च पदस्थ कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । 

प्रधानमन्त्री ओलीले विमानस्थलमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा अमेरिका भ्रमणबारे जानकारी गराउनु भएको छ । प्रधानमन्त्रीले साँझ मन्त्रिपरिषद्को बैठक राख्नुभएको छ ।

तस्बिरहरु 

टिप्पणीहरू