दुर्गा प्रसाईंविरुद्धको मुद्दामा पाँच वर्ष कैद माग

दुर्गा प्रसाईंविरुद्धको मुद्दामा पाँच वर्ष कैद माग फाइल फाेटाे

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध काडमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज प्रसाईविरुद्ध दुई वटा मुद्दा दर्ता गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाको उजुरीपछि प्रसार्इं असोज ६ गते  मध्यपुर थिमीस्थित निवासबाटै पक्राउ परेका थिए । जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठका अनुसार उनीविरुद्ध सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा मुद्दा दर्ता भएको हो । 

अर्को मुद्दा पनि सामाजिक सञ्जालमार्फत् गरेको कसूरसँग सम्बन्धित छ । प्रसाईंलाई विद्युतीय कारोवार ऐन ०६३ को दफा ४७ को कसुरबमोजिम पाँच वर्ष कैद र एक लाख जरिवाना माग गरिएको छ ।

टिप्पणीहरू