पक्राउपछि एक दर्जनबढी बंगलादेशीलाई अध्यागमन पुर्याइयो

पक्राउपछि एक दर्जनबढी बंगलादेशीलाई अध्यागमन पुर्याइयो

नेपालमा गैरकानुनी रुपमा बसोबास गर्दै आएका एक दर्जन बढी बंगलादेशी नागरिक पक्राउ परेका छन् । भिसा अवधि सकिएपछि पनि यता बस्दै आएका १५ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्रेको छ । 

उनीहरुलाई ठमेल र सोह्रखुट्टे एरियाबाट समातिएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले बताए । उनका अनुसार भिसा अवधि सकिएको बंगलादेशी नागरिकहरुले सो एरियामा बसेर शंकास्पद गतिविधि गरेको सूचना कार्यालयमा प्राप्त भएपछि उनीहरुलाई हिजो नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा ४० वर्षीय मोक्लेस, २० वर्षीय अमिरुल इस्लाम रोबिन, ३५ वर्षीय मसुद सिकारी, २५ वर्षीय मुसा धाली, २० वर्षीय एमडी मुसारोफ हुसेन, २४ वर्षीय सोजिक मियाँ, २० वर्षीय एमडी अल अमिन, ४४ वर्षीय एमडी अनवर हुसेन, २२ वर्षीय सलमान मियाँ, २१ वर्षीय सलेह अहमद रिजाऊन, ३१ वर्षीय एमडी अबु सलेह, २० वर्षीय एमडी नुर अलोम, ३९ वर्षीय एमडी मोनिर हुसेन, २७ वर्षीय एमडी हाफिज उद्देन र २१ वर्षीय कमरुल हसन छन् । 

उनीहरुलाई थप अनुसन्धानका निम्ति कार्यालयले अध्यागमन विभाग पठाएको छ ।

टिप्पणीहरू