प्रम कार्यालयमा दिनदिनै रमिता

प्रम कार्यालयमा दिनदिनै रमिता

न कुनै उद्योग व्यवसाय, न जागिर, यद्यपि सिन्धुपाल्चोकका एक कमरेडको ऐयासी र विलासी जीवनशैली देखेर एमालेका कार्यकर्ता प्रश्न गर्छन्, काठमाडौंको माकलवारीमा ३ तलाको घरसहित, ब्राण्डेड गाडी कसरी र हुन स्रोतबाट आर्जन गरे यिनले ? 

हरेक दिनजसो सुट प्यान्टमा सजिएर मन्त्रालय मन्त्रालयमा भेटिन्छन्, अशोक चौलागाईंं । उनैको अस्वाभाविक जीवनशैलीबारे एमाले पंक्तिमै टीका टिप्पणी हुन थालेको हो । केपी शर्मा ओली नेतृत्वको सरकार बनेसँगै विशेष गरी अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयको नाम लिएर उनको चकचकी शुरु भएको छ । एमाले युवा संघको केन्द्रीय सदस्य हुँदै उपाध्यक्षसम्म भएका चौलागाईं महेश बस्नेतलाई मनाएर उनकै जोडबलमा बाग्मती प्रदेशको नेता बनेका छन् । उनको पछिल्लो कर्म भनेकै कर्मचारी सरुवा गर्दिन्छु भन्दै रकम असुल्ने धन्दा रहेको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेको छ । 

युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत र प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ किरण पौडेलको नाम लिएर उनले अर्थअन्तर्गतका कर्मचारीलाई हैरान पार्ने काम गर्दै आएको छ । महेशलाई खुशी पार्न चौलागाईंले कुनै कसर बाँकी राख्दैनन् । त्यसकै उदाहरण हो केही अघि मात्र चौतारा नगरकमिटीको कार्यक्रम । सो कार्यक्रममा उनले भक्तपुरका जिल्ला इञ्चार्ज बस्नेतलाई सिन्धुपाल्चोक पुर्‍याए । कार्यालयमा उनका लागि प्रवेश निषेध गरिएको जनाइएको छ । यस्ता बिचौलिया धन्दा चलाउनेहरूकै अहिले सिंहदरबारमा बोलवाला छ ।

टिप्पणीहरू