प्रकोप पीडितको बिचल्ली यथावत,बिदेश घुम्न जानेमा हानाथाप

प्रकोप पीडितको बिचल्ली यथावत,बिदेश  घुम्न जानेमा हानाथाप

असोज ११ र १२ गतेको प्राकृतिक प्रकोपताका बेलायत भ्रमणमा गएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले फेरि बाहिर जाने मेलोमेसो मिलाएका छन् । जम्बो टोलीसहित उनी भोलि फिलिपिन्स जाँदैछन् ।

बाढी पहिरोबाट मुलुक आक्रान्त बनेको बेला प्रभावितलाई राहत तथा पुनर्स्थापनामा लाग्नुपर्ने समयमा उनलाई यसरी जान दिइनुको कारण खुलेको छैन । विपद् जोखिम न्यूनीकरणसम्बन्धी एशिया प्रशान्त क्षेत्रीय सम्मेलन यही असोज २८ देखि कात्तिक २ गतेसम्म मनिलामा हुँदै छ । 

हरेक दुई वर्षमा हुने मन्त्रीस्तरीय सम्मेलनमा विभागीय मन्त्री सहभागी हुनुपर्ने थियो । पोखरेल नेतृत्वको जम्बो टोलीमा एक जना राजनीतिक दलका नेता तथा स्वकीय सचिव अधिकृत स्मिता पौडेल पनि परेकी छन् । टोलीको भत्तासहितको सम्पूर्ण खर्च युएनआरसिओ र युएन ओमनले व्यहोर्ने बुझिएको छ ।

उनी गत वर्ष जाजरकोट भूकम्पताका पनि यसरी नै जापान गएका थिए । पदीय कर्तव्य पालनाभन्दा विदेशका सम्मेलनमा बढी रुचि देखाएको भन्दै  उनको आलोचना हुँदै आएको छ ।

उनी गत वर्ष जाजरकोट भूकम्पताका पनि यसरी नै जापान गएका थिए । पदीय कर्तव्य पालनाभन्दा विदेशका सम्मेलनमा बढी रुचि देखाएको भन्दै  उनको आलोचना हुँदै आएको छ ।

यसबीच मनिलामा हुने सम्मेलनमा नेपालको तर्फबाट कसले नेतृत्व गर्ने भन्ने सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्राधिकरणबीच द्वन्द्व भएको बताइन्छ । मन्त्रालयका सचिवले आफ्नो नेतृत्वमा टोली सहभागी हुनुपर्ने अडान लिएका थिए । पोखरेलले नेतृत्व आफै लिने अडान नछाडेपछि सचिवको सट्टा मन्त्रालयबाट सहसचिव कालिप्रसाद पराजुली सहभागी हुन लागेको बुझिएको छ ।

टिप्पणीहरू