चिनियाँ नेताहरु ओर्लिए काठमाण्डौमा

चिनियाँ नेताहरु ओर्लिए काठमाण्डौमा

चीनको उच्चस्तरीय एउटा टोली नेपाल आएको छ । १४ औं राष्ट्रिय जनकाँग्रेस स्थायी समिति सदस्य तथा हपेइ प्रान्तीय जनकाँग्रेस स्थायी समितिका उपाध्यक्ष चाङ मेइची नेतृत्वको पाँच सदस्यीय टोली आइपुगेको हो ।

युन्नान प्रान्तको राजधानी खुनमिङबाट चाइना इस्टर्न एअरलाइन्सको उडान नम्बर एमयु ९६७१ मा आएको उक्त टोली सवार विमान हिजो अपरान्ह ४ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । 

हपेइ प्रान्तीय सरकारका उच्च पदस्थ अधिकारीहरु रहेको टोली होटल सोल्टीमा बसेको छ । नेपालको भ्रमण पूरा गरेर शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू