चिनियाँ नेतासँगको भेटमा खाेलियाे काँग्रेस–एमाले मिल्नुको कारण

चिनियाँ नेतासँगको भेटमा खाेलियाे काँग्रेस–एमाले मिल्नुको कारण

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटी सदस्य एवम् छिङहाइ प्रान्तीय कमिटीका सचिव छन् काङ्गले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ । 

प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिडको नेतृत्वमा चीनमा गरिबीको अन्त्य र भएको चौतर्फी विकासलाई असाधारण संज्ञा दिनुभएको छ । उहाँले नेपाल चीनको विकासबाट लाभ लिन उत्सुक रहेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्रीले राजनीतिक स्थिरताका लागि मुलुकका दुई ठूला दल एमाले र नेपाली काँग्रेसले सहकार्य गरेको पनि त्यस अवसरमा बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ । चीनविरुद्ध कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न दिइने छैन ।’

चिनियाँ नेता छनले आफू महासचिव सी जिनपिङको निर्देशनमा नेपाल भ्रमणमा आएको जानकारी गराउँदै नेपालको समृद्धिमा चीनको साथ रहने प्रष्ट पार्नुभयो । उहाँले नेपालका राजनीतिक दलहरुको निर्णयमा आफूहरुको सम्मान रहने उल्लेख गर्दै चीन आर्थिक तथा सामाजिक विकासमा सहयोगी भइरहने विश्वास दिलाउनुभएको छ ।

सो अवसरमा प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, एमालेका सचिव एवम् विदेश विभाग प्रमुख रघुवीर महासेठ,सदस्यद्वय डा. अञ्जान शाक्य र गोपाल खनाल, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो ।

टिप्पणीहरू