स्पष्टीकरण बुझाउनुअघि मन्त्रीको बायाँतर्फ कुलमान घिसिङ

स्पष्टीकरण बुझाउनुअघि मन्त्रीको बायाँतर्फ कुलमान घिसिङ
सुन्नुहोस्

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ पुगेका छन् । मन्त्रालयमा आयोजित सम्मेलनमा मन्त्रीले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र प्राधिकरणबीच मतभेद नभएको जानकारी दिएका छन् ।

मन्त्रीले जिम्मेवारी सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले उक्त विषय संसदीय समितिमा पुगिसकेको बताए । उनले मन्त्रालयले प्राधिकरण र सम्बन्धित व्यवसायीहरुसँग पनि त्यसबारे छलफल भइरहेको जानकारी दिएका छन् ।

उनले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउन खोजेको विषय हास्यास्पद रहेको दाबी गरे । उनलाई हटाउनुपर्ने कुनै आवश्यकता सरकारले महशुस नगरेको मन्त्रीको भनाई छ ।

यसैबीच घिसिङले आज सरकारले सोधेको १५ बुँदे स्पष्टीकरणको जवाफ बुझाउनुपर्ने छ । असोज २३ गते ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले घिसिङलाई १५ दिनभित्र स्पष्टीकरण दिन १५ बुँदे पत्र बुझाएको थियो ।

टिप्पणीहरू