रवि लामिछाने अर्को एक साता हिरासतमै

रवि लामिछाने अर्को एक साता हिरासतमै

सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । 

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा समातिएका लामिछानेलाई आज जिल्ला अदालत कास्कीले दोस्रो पटक म्याद थप गरेको हो । यो संगै उनी अब कम्तिमा एक साता कास्की प्रहरीको हिरासतमा रहने छन् । 

गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई राति नै पोखरा पठाईएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा पेश गरिएका उनलाई थुनामा राख्ने अदालतले ६ दिन म्याद थप गरेको थियो । तर, अनुसन्धान नसकिएपछि प्रहरीले आज अदालतमा उपस्थित गराएको हो ।

टिप्पणीहरू