श्रीमतीको नाम मुछ्यो,आफ्नो मर्जी चलायो

श्रीमतीको नाम मुछ्यो,आफ्नो मर्जी चलायो
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यकी पत्नी सुरक्षा अधिकारीसहित १२ जनालाई समातेर संगठित रूपमा सहकारी ठगीको अनुसन्धाननिम्ति रूपन्देही जिल्ला अदालतले अनुमति दिएको छ । 

बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलनसम्बन्धी उजुरीका आधारमा अधिकारीमाथि अनुसन्धान गर्न अदालतले बिहिबार अनुमति दिएको हो। उनीसहित सोही मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीलाई पनि पक्राउको अनुमति दिइएको छ ।

प्रहरी स्रोतका अनुसार बुटवलको सुप्रिम सहकारी संस्थाबाट रास्वपा सहमहामन्त्री आचार्य,उनकी पत्नी अधिकारी र उनै अधिकारी अध्यक्ष रहेको नोबडी प्रोडक्सन कम्पनीका नाममा २ करोड ३१ लाख १५ हजार रुपैयाँ रकम गएको देखिएको छ ।

‘सुरक्षाजीको कुनै भूमिका थिएन, सबै हर्ताकर्ता विपिनजी नै हुनुहुन्थ्यो । उहाँले सहकारीको धेरै पैसा चलाउनुभएको मलाई थाहा छ, कतिसम्म भने धिताल थरकी युवतीको खातामा उहाँले लाखौँ खन्याउनुभएको छ,’ रास्वपाकी ती नेत्रीले भनिन् ।

रास्वपाकी एक केन्द्रीय सदस्यका अनुसार नोबडी प्रोडक्सन सुरक्षा अधिकारीका नाममा स्थापना गरिएको भए पनि त्यो कम्पनी श्रीमान विपिनकै हातमा थियो । ‘सुरक्षाजीको कुनै भूमिका थिएन, सबै हर्ताकर्ता विपिनजी नै हुनुहुन्थ्यो । उहाँले सहकारीको धेरै पैसा चलाउनुभएको मलाई थाहा छ, कतिसम्म भने धिताल थरकी युवतीको खातामा उहाँले लाखौँ खन्याउनुभएको छ,’ रास्वपाकी ती नेत्रीले भनिन् ।

पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीसम्बन्धी अनुसन्धानका क्रममा पनि कास्की प्रहरीले आचार्यसँग बयान लिएको थियो । त्यसअघि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पनि सोधपुछ गरेको थियो ।

टिप्पणीहरू