एमाले केन्द्रीय कार्यालयबाट खुकुरी बरामद

एमाले केन्द्रीय कार्यालयबाट खुकुरी बरामद

सत्तारुढ नेकपा एमालेको जनवर्गीय सँगठन आदिवासी जनजाति महासंघको केन्द्रीय बैठक चल्नुअघि आपसी तनावका कारण सुरक्षाकर्मीले हस्तक्षेप गर्नुपरेको छ । माओवादी र रास्वपाद्वारा आयोजित छुट्टाछुट्टै विरोध कार्यक्रम अन्यत्र चलिरहँदा एमाले कार्यकर्तावीच अपृय स्थिति आउन नदिन प्रहरी हस्तक्षेप भएको हो ।

करिव डेढ सय जना जनजाति कार्यकर्ता उपस्थित रहेकोमा पौने एक बजे ललितपुर महानगरपालिका-९ च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रीय बैठक शुरु नहुँदै अध्यक्ष पासाङ्ग शेर्पा र महासचिव पेम्बा भोटे पक्षवीच ठेलमठेल भएको थियो । सो क्रममा अध्यक्ष पक्षबाट १ खुकुरी भेटिएको हो । हतियारधारीलाई अहिले नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको बुझिएको छ  ।

टिप्पणीहरू