विनोद चौधरीले रोजे वित्तीय अपराधी,राष्ट्र बैंक हेरेको हेर्यै

विनोद चौधरीले रोजे वित्तीय अपराधी,राष्ट्र बैंक हेरेको हेर्यै

आफूले सञ्चालन इजाजत दिएको बैंकमा खुल्लमखुल्ला गैरकानुनी कार्य हुँदा नेपाल राष्ट्र बैंक मौन बसेको छ । विवादास्पद व्यापारी तथा काँग्रेस सांसद विनोद चौधरीको धेरै लगानी रहेको नबिल बैंकमा प्रमोटर सेयरधनीहरुको तर्फबाट सञ्चालक रहेका मलय मुखर्जी वित्तीय अपराधी भएको बताइन्छ । 
 

मुखर्जी भारतमा वित्तीय अपराधमा मुछिएका व्यक्ति हुन् । उनी ‘इन्डियन बैंक’बाट जारी एक सय ७१ करोड फर्जी ऋण अपराधमा मुछिएका थिए ।

भारतको शारदा समूहद्वारा सञ्चालित ग्लोबल अटोमोबाइल्स लिमिटेड (जिएएल) लाई तत्कालीन इन्डियन बैंकको महाप्रबन्धक रहेका मलय मुखर्जीसहितको उच्च नेतृत्वले १ सय ७१ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । जिएएलले १२५ करोडको नक्कली स्टक देखाउँदै १ सय ७१ करोड ऋण लिने क्रममा मुखर्जीले सन् २०११ मा उल्लेख्य योगदान गरेका थिए । उनीविरुद्ध विभिन्न निकायमा दायर मुद्दा विचाराधीन छ । 

उनै मुखर्जीलाई बैंक सञ्चालक समितिको लेखापरीक्षण समिति संयोजक बनाइएको छ । तर, केन्द्रीय बैंक हालसम्म उक्त नियुक्ति र समिति संयोजकको जिम्मेवारीप्रति मौन बसेको पाइन्छ ।

उनी ‘इन्डियन बैंक’बाट जारी एक सय ७१ करोड फर्जी ऋण अपराधमा मुछिएका थिए ।'

चौधरीको हालिमुहाली चल्ने उक्त बैंकको सञ्चालकमा जेठा छोरा निर्वाण छन् । विगतमा उनलाई हुँदै नभएको व्यवस्था विपरित उपाध्यक्ष बनाइएको थियो । त्यतिबेला पनि केन्द्रीय बैंकको सुपरीवेक्षण विभाग चुपचाप बसेपछि सञ्चार माध्यममा चर्को आलोचना हुनासाथ सदस्यमा झारिएको थियो ।

अहिले बैंकले आफू अनुकूलको व्यक्ति फेला नपरेकाले अनिवार्य रहेको विज्ञ सञ्चालक नियुक्त नगरेको बुझिएको छ । तर रिस्क म्यानेजमेन्ट कमिटी र कर्मचारी सेवा सुविधासम्बन्धी समितिमा सञ्चालकलाई जिम्मेवारी नदिएर आन्तरिक लेखा परीक्षण विभागका प्रमुखलाई संयोजक र कम्पनी सचिवलाई सदस्य बनाइएको छ । जबकि ती समितिहरु सञ्चालककै संयोजकत्व र सदस्यतामा गठन गरिनुपर्ने हो ।

त्यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी समितिमा हालसम्म कसैलाई जिम्मेवारी तोकिएको छैन । यति हुँदा पनि केन्द्रीय बैंकको सुपरीवेक्षण विभागले नबिल बैंकलाई सामान्य सोधनीको पत्रसमेत लेख्ने आँट नदेखाउनुलाई अनेक ढंगले व्याख्या गर्नुपर्ने अवस्था छ ।
 

टिप्पणीहरू