काठमाडौँका सडकमा तीनथरी जुलुस (फोटोफिचर)
काठमाडौँमा आज सरकारको नेतृत्वकर्ता एमाले, सहकारी पीडित र दुर्गा प्रसाई समूहले छुट्टाछुट्टै प्रदर्शन गर्दैछ ।
दरबार मार्गमा हुने 'जागरण सभा'का लागि एमालेले र्याली शुरु गरिसकेको छ । सहकारी पीडितहरु पनि माइतिघरमा भेला हुनेक्रम जारी छ । त्यस्तै, प्रसाई समूहका समर्थकहरुले कोटेश्वर पुल (दक्षिणपट्टी) सभाको तयारी गर्दैछन् ।
एकैदिन हजारौँ मानिस सडकमा उत्रिएपछि काठमाडौँको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । कोटेश्वर, माइतिघर, भद्रकाली, सुन्धारा, जमल, भृकुटिमण्डप, सिंहदरबार क्षेत्रमा अध्याधिक सडक जाम भएको छ ।
चार हजार ट्राफिक प्रहरी सडकमा खटाइएको भनिए पनि तीन समूहको प्रदर्शनका कारण व्यवस्थापनमा हम्मेहम्मे परेको देखिन्छ ।
तस्बिरहरुः
टिप्पणीहरू