बागमतीमा दुर्लभ चरा (फोटोफिचर)
राजधानीमा दुर्लभ प्रजातिका चरा देखिन थालेका छन् । थापाथलीस्थित बागमती नदीको पुलनजिक कालो टाउके दंगा चीलको बथान देखिएको छ ।
बेलायत र स्कटल्याण्डमा सामान्य मानिने यी चील नेपालमा भने दुर्लभ मानिन्छन् । जाडो छल्नका लागि यी चरा महिनौंको यात्रा गरेर नेपाल आएको अनुमान छ ।
पन्छी संरक्षक सुदर्शन कार्कीले बागमतीमा देखिएको सो चरा ब्ल्याक हेडेड गल रहेको बताए । उनका अनुसार तुलनात्मक रुपमा न्यानो ठाउँको खोजी गर्दै ती चरा बसाईं सर्दै आएको हो ।
तस्बिरहरु











टिप्पणीहरू