प्रधानमन्त्री भारत जानुअघि सरकार ढल्ने ठोकुवा
भारतीय प्रधानमन्त्रीका एकजना पूर्व निजी सुरक्षा अधिकारीले केपी ओली नेतृत्वको वर्तमान सरकार एक महिनाभित्र ढल्ने दावी गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीको एकताका सुरक्षा गार्ड (एनएसजी) रहिसकेका लक्की बिष्टले नेपालमा सरकार ढल्न लागेकाे ठोकुवा गरेका हुन् । अन्तर्राष्ट्रिय एजेन्सीको लागि काम गर्दा ‘सूचना’ सबैभन्दा महङ्गो हुने जनाउँदै उनले नेपालको सरकार छिट्टै ढल्न लागेको सूचना आफूसँग रहेको जिकिर गरे ।
‘आज डिसेम्बर १२ तारिख हो,हाम्रो लागि महत्वपूर्ण विषय भनेको गुप्त सूचना हुन्छ’, नवभारत टाइम्ससँगको अन्तर्वार्तामा सनसनीपूर्ण खुलासा गर्दै बिष्टले भनेका छन्, तपाईंलाई आश्चर्य लाग्न सक्छ, तर म एउटा खुलासा गर्दिन्छु कि नेपालको सरकार ढल्नेवाला छ ।’
‘आज डिसेम्बर १२ तारिख हो,हाम्रो लागि महत्वपूर्ण विषय भनेको गुप्त सूचना हुन्छ’, नवभारत टाइम्ससँगको अन्तर्वार्तामा सनसनीपूर्ण खुलासा गर्दै बिष्टले भनेका छन्, तपाईंलाई आश्चर्य लाग्न सक्छ, तर म एउटा खुलासा गर्दिन्छु कि नेपालको सरकार ढल्नेवाला छ ।’
उनले आफ्नो दावीलाई नोट गरेर राख्न पटक -पटक आग्रहसमेत गरेका छन् । ‘१५ दिनदेखि एक महिनाभित्र नेपालको सरकार ढलेको समाचार पढ्न पाउनुहुनेछ,जुन सरकार तीन/चार महिनाअघि मात्र बनेको थियो । त्यतिबेला तपाईंलाई लक्की बिष्टले भनेको कुरा याद आउनेछ,यो कुरा नोट गरेर राख्नुभए हुन्छ’,बिष्टले दावाका साथ भनेका छन् ।
नेपालको सरकार बनाउने र ढाल्ने खेलमा भारतको प्रत्यक्ष संलग्नता रहने भाष्य बनिरहँदा ‘रअ’का पूर्वअधिकारीले मिति नै तोकेर यस्तो दावी गरेपछि यतिबेला राजनीतिक बृत्तमा अनेकौँ आशंका सिर्जना भएकाे छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएलगत्तै सरकार ढल्न सक्नेसम्मको चर्चा चलेको थियो ।
प्रधानमन्त्री स्वयंले भने भारत भ्रमणको तयारी भइरहेको बताउँदै आउनुभएको छ । केही दिनअघि झापाको एक कार्यक्रममा उहाँले भन्नुभएको थियो, ‘मान्छेहरुले पत्याएका छैनन् होला,तर म भारत पनि जान्छु,तयारी भइरहेको छ।’
टिप्पणीहरू