सन्तोष देउजालाई कुट्ने रास्वपा कार्यकर्ता पक्राउ

सन्तोष देउजालाई कुट्ने रास्वपा कार्यकर्ता पक्राउ

चितवनमा सन्तोष देउजामाथि आक्रमण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता पक्राउ परेका छन् ।

रास्वपा भरतपुर १२ को सभापतिसमेत रहेका दिपक सेढाईँलाई गएराती उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रवि लामिछाने चितवन प्रहरीको हिरासतमा हुँदा भएको रास्वपाकै बिरोध प्रदर्शनको रिर्पोटिङका क्रममा कपुरबोट मिडियाका सञ्चालक देउजामाथि सेढाईँकै समूहले भौतिक आक्रमण गरेको थियो । 

देउजाले जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको उजुरीका आधारमा अनुसन्धान गर्दै वडा सभापति सेढाईँलाई पक्राउ गरिएको बताएको छ । यो घटनामा जोडिएका अन्य व्यक्तिको खोजी भइरहेको प्रहरी प्रवक्ता भेषराज रिजालले बताएका छन्।

टिप्पणीहरू