सरकारले काम गर्न नसकेको कांग्रेस महामन्त्रीको ठहर

सरकारले काम गर्न नसकेको कांग्रेस महामन्त्रीको ठहर

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् । उनले सरकारले जनतामा आशा जगाउनेगरी काम गर्न नसकेको टिप्पणी गरेका हुन् । यद्यपि तत्काल सरकार फेरबदल नहुने थापाको भनाइ छ । 

‘सरकारका आफ्ना कमीकमजोरीको बारेमा प्रधानमन्त्रीज्यू पक्कै पनि सचेत हुनुहुन्छ । सरकार बनिसकेपछि जुन खालको आशा हो, त्यो आशाअनुसारको जसरी डेलिभरी हुनुपर्ने हो त्यो डेलिभरी भने भइरहेको छैन,’ काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भने, ‘अहिले सरकारको कुनै फेरबदल हुँदैन । सरकारको कामका विषयमा सबैभन्दा बढि सचेत प्रधानमन्त्री आफैँ रहनुपर्छ । उहाँ हुनुहुन्छ ।’

फरक प्रसंगमा महामन्त्री थापाले कांग्रेसभित्र नेतालाई मन लागेको कुरा विपीको नाम लिएर भन्ने गरेकोप्रति पनि असन्तुष्टि व्यक्त गरे । नेता–कार्यकर्ताले हचुवाका भरमा विपीले यस्तो भन्नुहुन्थ्यो भन्न नहुनेमा उनले जोडसमेत दिए ।

टिप्पणीहरू